फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘छड्के सलाम’ सार्वजनिक

शुक्रबार, ३२ साउन २०८१, १५ : ५०

काठमाडौँ - फिल्म ‘बेहुली फ्रम मेघौली’ नयाँ गीत सार्वजनिक भएको छ।।

यो गीत जयन जे वाइवाले तयार पारेका हुन्। गीतको शब्दसँगै संगीतर र ऐरेन्ज पनि वाइवानै गरेका छन्। गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती र निश्चल बस्नेतको स्वर छ। गीतको भिडिओमा निश्चल र स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारलाई देख्न सकिन्छ। गीतमा जोडीको रुपमा निश्चल र स्वस्तिमाले छमछमी नाचेका छन्।

फिल्ममा बसुन्धरा भुषाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। यो फिल्म आगामी असोज १७ गते घटस्थापनामा रिलिज हुनेछ।

शुक्रबार, ३२ साउन २०८१, १५ : ५०

प्रतिक्रिया