वैदेशिक रोजगारीमा क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

शुक्रबार, ३२ साउन २०८१, १७ : १४

काठमाडौँ - वैदेशिक रोजगारीमा क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६ घर भएका ३५ वर्षीय सुमन ज्ञवाली छन् । आरोपीले ६ जना पीडितहरूबाट २७ लाख ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 

रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । ज्ञवाली काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्कमा बस्दै आएका छन् ।


 

 

शुक्रबार, ३२ साउन २०८१, १७ : १४

प्रतिक्रिया