न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा

शुक्रबार, ३२ साउन २०८१, १७ : ५३

काठमाडौँ - न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ । 

शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र  उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ । 

सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।

<iframe src="https://drive.google.com/file/d/1yFMLebfqfWB0d1ZRwVuVfvzqgcJ1MknT/preview" width="640" height="480" allow="autoplay"></iframe>

शुक्रबार, ३२ साउन २०८१, १७ : ५३

प्रतिक्रिया