पहिरोले अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुल्यो

शनिबार, ०१ भदौ २०८१, १२ : २१

काठमाडौँ - सुक्खा पहिरो जाँदा शनिबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको छ। 

राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो। प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौं सवारीसाधन रोकिएका थिए। साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो। उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो।

शनिबार, ०१ भदौ २०८१, १२ : २१

प्रतिक्रिया