सीआईपी सम्मान गर्ने निश्चित मिति घोषणा गर्न माग गरौँ: अध्यक्ष ढकाल

शनिबार, ०१ भदौ २०८१, १६ : ४१

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सीआईपी सम्मान (व्यवसायिक महत्त्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सीआईपी  जारी गर्ने निश्चित मिति घोषणा गर्न सके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने उनको भनाई थियो । उनले सीआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गरे । 

अध्यक्ष ढकालले अहिले सकारात्मक माहौल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्त्वपूर्ण उपलब्धि हुने विश्वास राखे । उनले दुई ठुला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यावसायिक वातावरण मिलेको महसुस भएको बताए । उनले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गरे ।
 

शनिबार, ०१ भदौ २०८१, १६ : ४१

प्रतिक्रिया