५ किलो चरेससहित २ जना पक्राउ

शनिबार, ०१ भदौ २०८१, १७ : २०

काठमाडौँ - लागुऔषध व्युरो शाखा कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चरेस बरामद गरेको छ। 

शनिबार बिहान ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ । साथै उनीहरूबाट २ थान  मोबाइल समेत बरामद गरिएको छ । भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्। दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।
 

शनिबार, ०१ भदौ २०८१, १७ : २०

प्रतिक्रिया