काठमाडौंँ - फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको छ ।
ट्रेलरमा विशेषगरि, आँचल र विवेकबिचको रोमान्स, लभ, धोका देखाइएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ ।अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।
सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।
यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ । नेपाल र रोमानियाको लोकेशनमा खिचिएको फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने भनाई निर्माण युनिटको रहेको छ ।
प्रतिक्रिया