रोल्पामा पहिरोले पुरिएर एक जनाको मृत्यु

आइतबार, ०२ भदौ २०८१, ११ : ३८

काठमाडौँ –रोल्पामा चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।

पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगरको मृत्यु भएको हो।

अर्की एक किशोरी घाइते छिन्। आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो।जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका – ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन् ।

घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको छ ।चर्चमा १० जना बस्दै आएको भएपनि अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

आइतबार, ०२ भदौ २०८१, ११ : ३८

प्रतिक्रिया