वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेको सरूवा

आइतबार, ०२ भदौ २०८१, १७ : २५

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेको सरूवा गरेको छ । 

उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ । २०८० पुस १३ गते मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका घिमिरेलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो । 

महानिर्देशक भएर गएको ८ महिनाकै घिमिरेको सरूवा गरिएको हो । खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले खत्रीलाई गृहबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरूवा गरेको थियो ।  

आइतबार, ०२ भदौ २०८१, १७ : २५

प्रतिक्रिया