सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपी पक्राउ

आइतबार, ०२ भदौ २०८१, १७ : ३४

काठमाडौँ - पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपी पक्राउ परेका छन् । 

पर्साको वीरगन्ज महानगरपालिका १४ श्रीपुर घर भई पोखरा १७ घारिपाटन बस्ने ४८ वर्षका अनुज नकर्मीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सहकारीका पूर्व सचिव समेत रहेका नकर्मीलाई काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरिएको हो । 

उनलाई आइतबार पोखरा ल्याएर जिल्ला अदालतमा हाजिर गराइएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सहकारी रकम अपचलन आरोपमा हालसम्म ६ जना पक्राउ परेका छन् । 

आइतबार, ०२ भदौ २०८१, १७ : ३४

प्रतिक्रिया