काठमाडौं– विद्युत आपूर्तिमा समस्या भोग्दै आएको कर्णाली प्रदेशमा अविरल वर्षाका कारण दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा हिजो बिहानैदेखि बबई र हर्रेको बिच खोलामा रुख ढलेर करिब ६ वटा पोलको तारमा क्षति पुगेपछि विद्युत अवरुद्ध भएको हो ।
वर्षातको समय र घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडेकामा हिजो बेलु्का ६ बजे मात्रै पत्ता लागेको थियो । अहिले मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया