काठमाडौं- ललितपुरको कुम्भेश्वरस्थित एउटा घरमा आगलागी भएको छ।
ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरस्थित निर्माण शाक्यको दुईतले घरमा सोमबार बिहान आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगलागी बिहान ९ बजेपछि सुरू भएको थियो।
घरको माथिल्लो तलाबाट सुरू भएको आगालागी नियन्त्रणको प्रयास भइरहेको पनि उनले बताए।
आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू बोलाइएको एसपी सुवेदीले जानकारी दिए।आगलागी भएको घरपरिवारबारे बुझिरहेको पनि उनले बताए।
प्रतिक्रिया