बझाङमा पहिरोमा परी ४ जनाको मृत्‍यु

सोमबार, ०३ भदौ २०८१, १३ : ३१

काठमाडौँ - बझाङमा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरूको आज बिहान शव निकालिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी , र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरूको शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि पठाइने तयारी छ।


 

सोमबार, ०३ भदौ २०८१, १३ : ३१

प्रतिक्रिया