सुदूरपश्चिम प्रदेशले २५ लाखभन्दा माथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने

सोमबार, ०३ भदौ २०८१, १६ : ०५

काठमाडौँ - चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माणका ४ वटा आधार तय गरेको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका ४ वटा आधार तय गरेको घोषणा गरेका हुन् ।साथै मुख्यमन्त्री शाहले जारी विज्ञप्तिअनुसार प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । 

आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी  र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ । 

साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए । यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो ।

तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने रणनीति लिएका छन् । साथै यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म ,कम्पनी  र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।

sudur

सोमबार, ०३ भदौ २०८१, १६ : ०५

प्रतिक्रिया