काठमाडाैं -आज शेयर बजार बन्द रहने भएको छ ।
सरकारले गाईजात्राको अवसरमा उपत्यका बिदा दिएको छ । शेयर बजार पनि संघीय राजधानी काठमाडौंमा भएकाले आज कारोबार हुनेछैन । त्यस्तै, उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।
शेयर बजारसहित बैंक तथा वित्तीय संस्था बुधबारदेखि नियमित समयमै खुल्नेछन् । यसअघि आइतबार शेयर बजार ३४.४७ अंकले घटेर २९६६.३३ अंकमा बजार भएको थियो ।
प्रतिक्रिया