काठमाडौं – नेपालगञ्जको लागि आज बिहान काठमाडौंबाट उडेको बुद्ध एअरको विमान गन्तव्य नपुग्दै डाइभर्ट भएको छ । बिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ ।
६२ जना यात्रु बोकेको उक्त विमान नेपालगञ्जमा अवतरण गर्न नसक्ने भएपछि काठमाडौं फर्केर बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बुद्ध एउयरले जानकारी गराएको हो ।
प्रतिक्रिया