पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु

मंगलबार, ०४ भदौ २०८१, १२ : ४१

काठमाडौँ - पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका- १० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो ।

घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्।खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेकी प्रहरीले जनाएको छ।

मंगलबार, ०४ भदौ २०८१, १२ : ४१

प्रतिक्रिया