राष्ट्रिय कृषि ऐन ल्याउने तयारी हुदैँ

मंगलबार, ०४ भदौ २०८१, १४ : २५

काठमाडौँ - सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् । 

एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीको भनाइ थियो । ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ,’ उनले भने, ‘सम्भवत  महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ ।’ मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बताए । 

मंगलबार, ०४ भदौ २०८१, १४ : २५

प्रतिक्रिया