काठमाडौँ - खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका सुरेश थापा र नुवाकोटका रामकुमार थपलिया छन् ।
धरानदेखि काठमाडौं आउँदै गरेको बसमा सवार सुनसरी इटहरीका थापालाई नागढुंगा प्रहरीले ९७.७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । थप अनुसन्धानका क्रममा बालाजु माछापोखरीबाट नुवाकोटका थपलियालाई प्रहरीले ४ ग्राम हेरोइन र ७५ हजार पाँच सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैमाथि थानकोट प्रहरी वृत्तले अनुसन्धान गरिरहेको अधिकारीले बताए ।
प्रतिक्रिया