बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

मंगलबार, ०४ भदौ २०८१, १७ : ४२

काठमाडौँ - ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

एक बालिकालाई विभिन्न प्रलोभान देखाई पटक-पटक करणी गरेको आरोपमा २७ वर्षीय बीरबहादुर विक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विक खाम्लुङको दोभान बजारबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार विकले पहिलो पटक गत बैशाख ५ गते, दोस्रो पटक बैशाख ८ तेस्रो पटक साउन २९ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । 

मंगलबार, ०४ भदौ २०८१, १७ : ४२

प्रतिक्रिया