६ समितिको बैठक बस्दै, कुन समितिमा के छलफल?

बुधबार, ०५ भदौ २०८१, ०८ : ०९

काठमाडाैं- कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारका विषयमा छलफल हुनेछ । 

बैठक दिउँसो ३ः४५ बजे सुरु हुनेछ । 

बिहान ११ बजे अर्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

त्यसैगरी दिउँसो साढे १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । 

साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

बैठक साढे ११ बजेका लागि बोलाइएको छ । 

बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवायलयले जनाएको छ । 

बुधबार, ०५ भदौ २०८१, ०८ : ०९

प्रतिक्रिया