आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

बुधबार, ०५ भदौ २०८१, १३ : ०४

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक  प्रवक्ता मनीष झाले दिए।

निर्वाचन आयोगले आगामी मंसिर अन्तिम साता उपनिर्वाचनको मिति सरकारलाई प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगका अनुसार विभिन्न स्थानीय तहका ३४ वटा पदमा पदमा उपनिर्वाचन गर्नुपर्नेछ।

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा पहिलोपटक भाग लिने निर्णय लिएको हो।  ‘पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको आगामी उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ,’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले भने।

आजको बैठकले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने पक्षमा बहस गर्ने निर्णय गरेको उनले बताए। ‘भ्रष्टाचारमा हदम्याद राख्नुुहुँदैन भन्ने पक्षमा बहस गर्ने र सडक, सदन जहाँबाट हुन्छ हदम्यादको विरोध गर्ने निर्णय बैठकले गरेको छ’, उनले भने।

त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ।

बुधबार, ०५ भदौ २०८१, १३ : ०४

प्रतिक्रिया