आफ्नै घरमा डोजर लगाउने मेयर

बुधबार, ०५ भदौ २०८१, १३ : ३८

 

काठमाडौं – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी अहिले समाचारहरुमा चर्चामा आएका टन् । उनले लमही–कोइलावास सडक क्षेत्रमा पर्ने आफ्नै घरमा डोजर लगाएका छन् ।

हुलाकी सडक विस्तार हुदा सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो । नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काएर अभियान थालेका हुन । ‘यो पुरानो घर हो । धेरै कार्यालय बसे । मान्छेहरूको बस्ने ठाउँ भयो । अहिले सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा पर्न गयो’ उनले भने, ‘सडक चौडा बनाउने, बजार राम्रो बनाउने अभियानको लागी मैले पहिलो डोजर आफ्नै घरमा लगाए ।’

डोजर लिएर प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी सहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए । बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो ।

बुधबार, ०५ भदौ २०८१, १३ : ३८

प्रतिक्रिया