काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अन्य भौगर्भिक घटनाको तुलनामा पहिरो व्यापक भएको छ भने यो विश्वको जुनसुकै भागमा पनि आउन सक्ने सम्भावना छ।
विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण ठूलो वर्षा हुने घटनाहरू बारम्बार दोहोरिने र धेरै क्षेत्रमा गम्भीर असर पुर्याउने गरेको बताएका छन्।
विज्ञहरूले यस्तो प्रवृत्ति लगातार बढिरहने चेतावनी पनि दिएका छन्।
पहिरो के हो ?
कुनै भिरालो ठाउँबाट चट्टान, माटो वा लेदो तल खस्नु नै पहिरो हो। यो प्रक्रिया आकस्मिक वा क्रमिक रूपमा लामो समयसम्म खसिरहने हुन सक्छ।
ब्रिटिश जिओलजिकल सर्भेको वेबसाइटका अनुसार (मुख्य गरी गुरुत्वाकर्षण बललगायत) ती भिरालो ठाउँलाई तलतिर तान्ने बल त्यसलाई मजबुत ढङ्गले जोड्ने सामाग्रीभन्दा बलियो भएको अवस्थामा यस्तो हुन्छ।
पहिरोका मुख्य कारणहरू के हुन् ?
अधिकांश पहिरो एकभन्दा बढी कारणले खस्ने गर्छन्।
यूएस जिओलजिकल सर्भेका अनुसार हलचल गर्ने अवस्थानजिक पुगेका भिरालो ठाउँमा पानी पर्नु, हिउँ पग्लिनु, पानीको सतहमा वृद्धि हुनु, साना खोलाका कारण हुने भूक्षय, जमिनभित्रको पानीमा आउने परिवर्तन, ज्वालामुखी, मानव गतिविधिका कारण सिर्जित अवरोध र एकभन्दा धेरै कारणको मिश्रणले पहिरो निम्त्याउँछ।
भिरालो पहाडी भूभाग र खोँचको तल्लो भाग
डढेलोका कारण आगो लागेको जमिन
वन फडानी वा निर्माणजस्ता मानव गतिविधिका कारण बदलिएको क्षेत्र
खोला वा नदीको बहाव
सतहको पानी भारी रूपमा जम्मा हुने ठाउँ
पहाडी भूगोलमा बढी पहिरो खस्छ । पहाडी भूगोलमा बढी पहिरो खस्छ
पहिरोबाट कसरी जोगिने ?
विज्ञहरूले चट्टान ठोक्किएको आवाजले पनि पहिरोको सङ्केत दिने जनाएका छन । विज्ञहरूले चट्टान ठोक्किएको आवाजले पनि पहिरोको सङ्केत दिने जनाएका छन्
पहिरोले सन् १९९८ देखि २०१७ को बीचमा १८ हजार भन्दा बढी मानिसको ज्यान लिएको र अनुमानित ४८ लाख मानिसहरूलाई प्रभावित तुल्याएको डब्ल्यूएचओको आकलन छ।
पहिरोबाट बच्नका लागि अमेरिकी रेडक्रसले कुनै खतराको सङ्केत पाएको खण्डमा तत्कालै छिमेकी र अधिकारीहरूलाई समेत खबर गर्न र सुरक्षित स्थानमा जान सुझाव दिएको छ।
उसले रूख भाँच्चिएको वा चट्टानहरू ठोकिएको जस्ता आवाजमा चनाखो हुन भनेको छ।
पहिरोबाट बच्न कस्ता कुरामा ध्यान दिनुपर्छ ?
नदीनजिकै बस्ने व्यक्तिहरूलाई सुझाव दिदैँ उसले पानीको तह आकस्मिक रूपमा बढ्दा वा कम हुँदा चनाखो हुन र सफाबाट पानी धमिलो भएको खण्डमा ध्यान दिन भनेको छ।
त्यसरी पानी धमिलो भएको खण्डमा माथिल्लो तटमा माटो बगिरहेको हुन सक्ने भएकाले तत्कालै सुरक्षित स्थानमा जानुपर्ने उक्त परिवर्तनले जनाउने उसको भनाइ पाइन्छ।
पहिरोबाट कसरी जोगिने ?
जीवनरक्षाका उपाय
अमेरिकाको यूनिभर्सिटी अफ वाशिङ्टनले जीवनरक्षाका उपायहरूबारे अध्ययन गरेको छ।
अनुसन्धानकर्ताहरूले मानिसहरू बस्ने भवनलाई प्रभावित तुल्याएका ३८ ठाउँका पहिरोबारे अध्ययन गरेका थिए। अधिकांश तथ्याङ्क अमेरिकाबाट आएको थियो तर विस्तृत अभिलेख भएका अन्यत्रका पहिरोका तथ्याङ्कहरूलाई पनि लिइएको थियो।
“पहिरोबाट जोगिने धेरै सरल र कम खर्चका उपायहरू छन्, जसले सुरक्षित रहने सम्भावनालाई उल्लेख्य रूपले बढाउँछ,” सिभिल इन्भाइरमेन्टल इन्जिनियरिङका प्राध्यापक तथा विज्ञ जोशेफ वार्ट्म्यान भन्छन्।
उनका अनुसार माथिल्लो तल्लामा गएर पनि एक जना व्यक्तिले आफू जीवित रहने सम्भावना १२ गुनाले बढ्छ।
अर्को उपाय भनेको झ्यालढोका खोल्नु हो। त्यसबाहेक निरन्तर भाग्नु र पुरिएको खण्डमा आवाज निकाल्नु पनि पहिरोमा ज्यान बचाउने उपाय हुन्।
के पहिरो जलवायु परिवर्तनसँग जोडिन्छ ?
ब्ल्यूएचओले पहिरोका कारण ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या उल्लेख्य रहेको जनाएको छ
विज्ञहरूले जलवायु परिवर्तन र बढ्दो तापक्रमले पहिरोको सङ्ख्याहरू बढाउने बताएका छन्।
“जलवायु परिवर्तनका कारण विभिन्न ठाउँमा बढी वर्षा हुने भएकाले पहिरोको क्रम र सङ्ख्या बढ्ने आकलन गरिएको छ,” यूएसजीआरले भनेको छ।
डब्ल्यूएचओले मुख्य गरी हिउँ र बरफ रहेको हिमाली क्षेत्रमा यस्तो सम्भावना रहेको जनाएको छ।
“जब पृथ्वीको सतहमा वा मुनि रहेको स्थायी किसिमको माटोसहितको हिउँ पग्लिन्छ, भिरहरू अस्थिर हुन्छन्, यसले पहिरोलाई निम्त्याउँछ।”
बिबिसी
प्रतिक्रिया