काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको नेतृत्व नियुक्ती अब लामो समयसम्म नजाने बताएका छन्
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । बोर्डमा अध्यक्ष लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको उनको भनाइ छ ।यो समस्या चाँडै समाधान हुने उनले बताए ।
‘धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन’, उनले भने,‘यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसम्बत सिर्घ समाधान गर्ने पक्षमा सरकार छ ।’
प्रतिक्रिया