दाङको घोराहीमा  बम विस्फोट

विहीबार, ०६ भदौ २०८१, १२ : २४

काठमाडौं – घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आज बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीले बम विस्फोट गराएको आरोपमा सोही क्याम्पसका दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । किष्फोटबाट कुनै क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर–१५ का अभियान थापा र सुभम कार्की रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताएका छन् । नीहरू प्लस–टुका विद्यार्थी हुन् ।

पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको प्रहरीसँगको बयानमा भनेका छन् । उनीहरु मोटरसाइकलमा आएर सुतली बम विस्फोट गराएपछि भाग्दै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान सुरु भएको एसपी केसीले बताए ।

विहीबार, ०६ भदौ २०८१, १२ : २४

प्रतिक्रिया