सरकारले हटायो टिकट माथिको प्रतिबन्ध

विहीबार, ०६ भदौ २०८१, २१ : ५०

सरकारले  ९ महिनादेखि लगाउँदै आएको टिकट प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ  । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन छ  ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।   पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारले करीब साढे ९ महीनाअघि २०८० कात्तिक २७ देखि टिकटकमाथि बन्देज लगाएको थियो । मन्त्रिपरिषदको निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ ।

विहीबार, ०६ भदौ २०८१, २१ : ५०

प्रतिक्रिया