रवि लामिछाने राष्ट्रिय अपराधी हुन : डा. मुकुल ढकाल

शुक्रबार, ०७ भदौ २०८१, १२ : ५४

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आँन्तरिक विवाद अहिले छताछुल्ल भएको छ । पाटीृका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ सहकारी ठग र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्ने दाबी गरेका छन् । 

पार्टीले अस्ति सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै उनले लामिछानेलाई राष्ट्रिय ठगको संज्ञासमेत दिए । ढकालले स्पष्टीकरण पत्रमा लेखेका छन् ‘तपाईं रवि लामिछानेले सहकारी ठगी गर्नुभएको छ। तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ, र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ’।   

ढकालले आफूमाथि लागेका अभियोग प्रष्ट पार्नुको साटो लामिछानेले दुराशयका साथ आफूमाथि कारवाहीको प्रयास गरेको बताएका छन् । सहकारी ठगी र भ्रष्टाचारको कसुरमा लामिछाने जेल जानसक्ने र राहदानी दुरुपयोगमा कहिल्यै चुनाव लड्न नपाउने कानुनी व्यवस्था स्मरणसमेत गराएका छन् ।

‘पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापक सदस्यको हैसियतले मेरो कर्तव्य होु, ढकालको स्पष्टीकरणमा भनिएको छ, ‘आफ्नो वाककलाको आधरमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ र प्रश्न गर्नेलाई कारवाहीको डण्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ ।’

 बुधबार बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नुपूर्व अन्तिम एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीमाथि सभापति लामिछानेविरुद्ध बोल्दै हिँडेको आरोप छ । 

यसअघि महामन्त्रीबाट हटाउँदा पनि रास्वपाले ढकालसँग स्पष्टीकरण मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको र उल्टै सभापतिमाथि अनेक आरोप र लान्छना लगाएको पुनस् स्पष्टीकरण मागिएको हो ।

mukul3

शुक्रबार, ०७ भदौ २०८१, १२ : ५४

प्रतिक्रिया