विश्वविद्यालय अनुदान आयोगद्धारा उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग

शुक्रबार, ०७ भदौ २०८१, १३ : ०८

काठमाडौँ- विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आङ्गिक क्याम्पस क्याम्पसका साथै सामुदायिक र निजी (प्राइभेट) क्याम्पसका लागि आवेदन माग गरेको हो ।

तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचासहित भदौ १६ गतेभित्र आइपुग्नेगरी आवेदन माग गरेको हो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७’ मा भएको व्यवस्थाअनुसार आवेदन माग गरेको हो ।

२०८१ असोज २ गते शिक्षा मन्त्रालयले आयोजना गर्ने राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न लागिएको छ । 

शुक्रबार, ०७ भदौ २०८१, १३ : ०८

प्रतिक्रिया