काठमाडौं – नेपाली सेनाको मेडिकल टिमसहितको टोली तनहुँको आँबुखैरेनी तर्फ प्रस्थान गरेको छ । त्यहाँस्थित ऐनापहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेको थियो ।
नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार, एमआई १७ कलसाइनको हेलिकप्टर भर्खरै दुर्घटनास्थलतफर्फ प्रस्थान गरेको हो।
दुर्घटनामा परेर १४ जनाको मृत्य भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार १७ जना घाइतेको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ।
दुर्घटनामा परेको उद्धार कार्य जारी छ। उद्धारका लागि गोताखोरसहित नेपाली सेना, सशस्त्र र नेपाली सेनाको टोली परिचालित छ।
यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु सवार थिए।
बाँकी १० जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया