कांग्रेस नेता जीतजंग बस्नेत भन्छन् ‘रवि लामिछानेलाई तुरुन्त थुनौं ’

शुक्रबार, ०७ भदौ २०८१, १५ : २३

 काठमाडौं – सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री नेपाली रवि लामिछानेलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसका नेता जितजङ्ग बस्नेतले बेन्द्रीय समितिको बैठकमा माग गरेका छन् ।

 शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बस्नेतले भने, ‘गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?’

दोहोरो पासपोर्ट र नागरिकताको मुद्दामा लामिछानेलाई पक्राउ गर्नुपर्ने उनको तर्क छ । उनले अगाडि भने, ‘सहकारी ठगी उनको थप अपराध हो, तुरुन्त थुनौं ।’

नभए प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने बस्नेतको तर्क छ । उनले अगाडि भने, ‘नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने ?’
स्मरण रहोस् अहिलेका गृहमन्त्री रमेश लेखकले प्रतिपक्षमा रहँदा सहकारी ठगीमा रबिलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आएका थिए ।  

 

शुक्रबार, ०७ भदौ २०८१, १५ : २३

प्रतिक्रिया