एनआरएनए यूकेले ४ वटा मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

शनिबार, ०८ भदौ २०८१, १३ : ५४

काठमाडौँ - एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्ना ४ वटा प्रमुख मागसहित प्रधानमन्त्री केपी ओलीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । 

शुक्रबार बिहान आफ्नो एक प्रतिनिधिमण्डलसहित दूतावास पुगेर गाहामगरले लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाइएको हो ।

गाहामगरले बुझाएको ज्ञापनमा नागरिकता ऐन संशोधन, दूतावासमा भेदभाव, पूर्वाग्रह र गोर्खा एवं जनजातिलाई भवनभित्र बहिष्कार गर्ने परिपाटी तत्काल अन्त्य तथा गोर्खा समुदाय बुझेको राजदूत नियुक्त हुनुपर्ने, यूकेमा वृद्धवृद्धा नेपाली र गोर्खा भेट्रानहरुलाई कन्सुलर सेवामा सहयोग गर्न घुम्ती सेवा (मोवाइल सर्भिस) लागू गर्न अनुरोध र अन्तिममा लन्डनस्थित नेपाली दूतावासभित्र गोर्खाहरुका समस्या समाधानका लागि सहज होस् भन्ने उद्देश्यले उनीहरूमा समर्पित गोर्खासम्बन्धी एक बेग्लै प्रतिनिधि कार्यालय खोल्न माग गरिएको छ ।

ज्ञापनपत्रमा एनआरएनए यूकेले आउँदो १३ सेप्टेम्बर २०२४ का दिन दिउसो १ बजे नेपाली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने अवगत पनि गराइएको छ । बेलायतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने उक्त प्रदर्शन नागरिकता ऐन संशोधनका लागि दबाब स्वरूप गर्न लागिएको जनाइएको छ ।
 

शनिबार, ०८ भदौ २०८१, १३ : ५४

प्रतिक्रिया