खोलामा डुबेर दुई जना बालकको ज्यान गयो

शनिबार, ०८ भदौ २०८१, १४ : ०५

काठमाडौँ - खोटाङको चङ्खु खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ । 

हिजो बिद्यालयबाट घर फर्कने क्रममा नुहाउनका लागि चङ्खु खोलामा पसेका ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखाबाङ्देलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनीहरुसँगै रहेका साथीहरुले दुई जना डुबेको खबर गरेका र गाउँले पुग्दा उनीहरुको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डीएसपी० पुरुषोत्तम खड्काले बताए । 
.

शनिबार, ०८ भदौ २०८१, १४ : ०५

प्रतिक्रिया