लुम्बिनी प्रदेश मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

शनिबार, ०८ भदौ २०८१, १४ : १०

काठमाडौँ - लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं तहसम्मका १२४ जना कर्मचारीको सरुवा गरेका हुन्  । मन्त्रालयले सार्बजनिक गरेको सरुवा लिष्टमा दुई बर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको नाम परेको छ ।

दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेकाले सोही नीति बमोजिम अवधि पुगेका सबै कर्मचारीका सरुवा गरिएको लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कर्मीले बताए । 

उनले एकै स्थान र जिल्लामा बसेर लामो समय काम गर्दा कामको प्रभावकारिता घटेर जाने हुँदा सरुवा गरिएको बताउँदै कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्या पनि सिर्जना भइरहेको गुनासा आएको बताए  । मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन सरुवाको यो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

शनिबार, ०८ भदौ २०८१, १४ : १०

प्रतिक्रिया