मन्त्री भण्डारीद्वारा चोभार बन्दरगाहको निरीक्षण

शनिबार, ०८ भदौ २०८१, १५ : ४०

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । 

आज बिहान उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदिको निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिए। 

५ वर्षका लागि निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त बन्दरगाहले न्यूनतम  ३ करोड रकम राजश्व सङ्कलन गर्ने सहमति भए पनि उक्त अवधिमा ८ देखि १० करोड रकमसम्म राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिस गजुरेलले बताए । अहिले फास्ट ट्र्याकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको गजुरेलको दाबी छ ।

शनिबार, ०८ भदौ २०८१, १५ : ४०

प्रतिक्रिया