काठमाडौँ - बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ ।
जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो । शनिबारदेखि नगरका छाडा पशु चौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ ।
छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिए । ती मध्ये गाई गोरु ५२ वटा र घोडा १२ वटा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशु चौपाया एकत्रित गरेर काञ्जीहाउस पुर्याएको हो ।
नेपालगन्जमा खुला सीमा नाका कारण पनि छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती थपिएको छ ।
प्रतिक्रिया