कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा

आइतबार, ०९ भदौ २०८१, ०६ : ४५

काठमाडाैं - देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

कोशी, बागमती र  गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने  छ। कोशी, मधेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक -दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

आइतबार, ०९ भदौ २०८१, ०६ : ४५

प्रतिक्रिया