मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, केही घाइते

आइतबार, ०९ भदौ २०८१, ०८ : ११

काठमाडाैं- मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ ।  महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घाइतेहरुलाई उपचारको लागि  भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । 


 

आइतबार, ०९ भदौ २०८१, ०८ : ११

प्रतिक्रिया