काठमाडौं – राजधानीको पर्यटकीय क्षेत्र भनेर चिनिएको ठमेल अहिले लागु पदार्थ कारोबारीको केन्द्र बनेको छ । करिब ४ करोड मूल्य पर्ने १ किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आइभरीकोस्टक ३५ वर्षीय नागरिक वारामा कोन छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ३ भदौमा ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका वारामा कोन इथियोपियाबाट दोहा कतार एअरवेयमार्फत् काठमाडौं आएका थिए । उनले उक्त कोकिन निलेर काठमाडौं ल्याएको पाइएको ब्युरोका डीएसपी प्रेमबहादुर शाहीलेबताए ।
बरामद कोकिनको बजार मूल्य ३ करोड ८० लाख बराबर हुन्छ ।
प्रतिक्रिया