फिल्म ‘हन्टर’ निर्माणको घोषणा

सोमबार, १० भदौ २०८१, १३ : ३१

काठमाडौँ - श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । 

निर्माण पक्षले फिल्मको मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्रीलाई राख्दै निर्माण घोषणा गरेको हो । जीवन सिंहको निर्देशन रहने फिल्ममा अरुण क्षेत्री बाहेकका कलाकार छनोटका क्रममा छन् । जीवनले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्म एक्सन इन्टरटेनमेन्ट हुने निर्देशक सिंहले बताए ।
 

सोमबार, १० भदौ २०८१, १३ : ३१

प्रतिक्रिया