काठमाण्डौं – युरोपका कतिपय देशहरूमा रामेन चाउचाउमा अत्यधिक मात्रामा खुर्सानीबाट निकालिएको रसायन ‘क्याप्सेइसिन’ पाइएको भन्दै प्रतिबन्ध लगाइएको छ। स्वास्थ्यका लागि के यो रसायन साँच्चै खतरनाक हो त ?
हालसालै डेन्मार्कको खाद्यान्न आयोगले दक्षिण कोरियाली ब्रान्डको तयारी रामेनमा रहेका केही मसलाहरूले ‘चरम विषाक्तता’ निम्त्याउन सक्ने भनेपछि यसबारे समाचारहरू बनेका थिए।
अर्को घटनामा स्वास्थ्य समस्याबाट ग्रसित अमेरिकाका एक युवकले पिरो खाना खाने प्रतियोगितामा भाग लिएपछि उनको मृत्यु भएको भन्दै समाचारमा चर्चा भएको थियो।
क्यापसैसिन खुर्सानीलाई पिरो बनाउने यौगिक हो। खुर्सानी खाँदा महसुस हुने जलन पनि यसैका कारण हुन्छ। यो ‘क्याप्सेइसिनोइड ’नामक यौगिक परिवारअन्तर्गत पर्छ।
हालसम्म खुर्सानीहरूमा २३ किसिमका ‘क्याप्सेइसिनोइड’हरू पाइएका छन्। क्याप्सेइसिनुमा पिरोको मात्रा खुर्सानीहरूमा न्यून मात्रामा पाइने डिहाइड्रोक्याप्सेइसिन कै स्तरको हुने भएता पनि यो सबैभन्दा शक्तिशाली यौगिकमध्येमा पर्छ।
यूकेको खाद्यान्न मापदण्ड आयोगले खानामा शुद्ध ‘क्याप्सेइसिन थप गर्नु असुरक्षित मान्दै खाद्यान्न उत्पादकहरूलाई यसो गर्नबाट प्रतिबन्ध लगाएको छ। तर खुर्सानीमा पाइने यसको प्राकृतिक रूपलाई कति मात्रामा प्रयोग गर्न पाइने भन्ने बारेमा कुनै सीमा तोकिएको छैन।
क्याप्सेइसिन खाँदा के लक्षण देखिन्छन् ?
उच्च मात्रा क्याप्सेइसिन खाँदा छातीमा जलन, वाक्वाकी लाग्ने, पखाला चल्ने र पेट दुख्ने समस्या हुन सक्छ
क्याप्सेइसिन को उच्च मात्रा रहेको खानेकुराबारे सचेत गराउने पहिले देश डेन्मार्क होइन। जर्मनीको ‘फेडरल इन्स्टिच्यूट फर रिस्क असेस्मन्ट’ (बीएफआर? ले पनि क्याप्सेइसिनको अत्यधिक सेवनको विषयमा सचेत गराएको छ।
यसले कैयौँ लक्षणहरू निम्याउँछ। बीएफआरुका अनुसार अध्ययनहरूका अनुसार उच्च मात्रामा क्याप्सेइसिनोइडु खाँदा छाती पोल्ने, रिफ्लक्स, वाक्वाकी, झाडापखाला र पेट तथा छातीमा दुख्नेजस्ता समस्या हुने देखाएको छ।
यससँगै यसको उच्च मात्रा सेवन गर्दा चिसो पसिना आउने, रक्तचापमा उतारचढाव हुने वा चक्कर लाग्ने पनि हुन सक्छ। तर कति मात्रामा सेवन गरेमा यस्तो हुन्छ भन्ने स्पष्ट पार्न हालसम्म पर्याप्त जानकारी भने छैन।
“व्यक्तिको पिरो र पीडासँग सम्बन्धित बुझाइलाई प्रभाव पार्ने थुप्रै कारणहरू हुने र क्याप्सेइसिनोइडु तथा त्यसको मात्राका विषयमा सीमित विवरण मात्रै उपलब्ध भएकाले स्वास्थ्य समस्या भएका उपभोक्ताहरूका लागि कुनै सामान्य सिफारिस गर्न सकिँदैन,” बीएफआरका एक प्रवक्ता भन्छन्।
बिबिसी
प्रतिक्रिया