काठमाडौँ - चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना (साउन) मा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो गत आर्थिक बर्ष २०८०\८१ को सोही अवधीको तुलनामा ७० प्रतिशत अर्थात ९ हजार ३४३ युनिट धेरै हो । वृद्धि भएको हो । गत वर्ष साउनमा १२ हजार युनिट दुईपाँग्रे आयात भएको थियो ।
कोरोनापछि सुस्त बनेको दुईपाँग्रे अटो बजार पछिल्ला महिनाहरूमा क्रमशः लयमा फर्किन थालेको विभागको तथ्याङ्कले पुष्टि गरेको छ । अघिल्ला वर्षहरूमा सुस्ताएको दुईपाँग्रे बजार यो अघिल्लो वर्षदेखि विस्तारै गति लिएको देखिन्छ ।
खासगरी दसैँ तिहार बजारका लागि लक्षित गर्दै सवारी तथा अन्य मालवस्तु आयात हुने साउन, भदौ र असोज महिनालाई विशेष मान्ने गरिन्छ । यहीँ सुरुवाती महिनामा २१ हजार ३४३ युनिट दुईपाँग्रे आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
प्रतिक्रिया