हेटौँडाको एक होटलमा युवती मृत फेला

सोमबार, १० भदौ २०८१, १७ : २४

काठमाडौँ - हेटौँडाको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा- १०, भुटनदेवी मन्दिर रोडस्थित रत्न होटलको कोठाभित्र युवती मृत फेला परेकी हुन् ।

आइतबार साँझ होटलको कोठा बुक गरेर अन्दाजी ३० वर्षका पुरुषसँग बसेकी हेटौँडा–११ की २३ वर्षीया एलिशा न्यौपाने सोमबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार बिहान ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

आइतबार साँझ ५ बजे होटल पुगेपछि बियर र मम मगाएर खाएको र साँझ ८ बजेको समयमा युवक होटलबाट निक्सिएको दृश्य सीसी क्यामेरामा कैद भएको देखिएको छ । मृतक युवतीको शव हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 
 

सोमबार, १० भदौ २०८१, १७ : २४

प्रतिक्रिया