आज ४ वटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

मंगलबार, ११ भदौ २०८१, ०९ : ०२

काठमाडाैं- आज ४ वटा समितिको बैठक बस्दै छ । प्रतिनिधि सभा अन्तर्गतको  विकास, आर्थिक मामिला तथा सुशासन समिति बैंठक ११ बजे बस्ने  भएको छ । समितिमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभावरअसर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही र प्रगतिको अवस्था वारेमा छलफल हुने भएको छ । 

त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २२८ औँ बैठक  बस्ने भएको छ  ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक ११ बजे बस्दै छ । उक्त समितिमा  विश्व सम्पदा सूचीमा सुचिकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापन लगायत विषयमा छलफलको कार्यसूची रहेको छ । 

मंगलबार, ११ भदौ २०८१, ०९ : ०२

प्रतिक्रिया