हनिमुन अवधि पनि नपर्खी किन बिरोधमा उत्रे प्रचण्ड ?

मंगलबार, ११ भदौ २०८१, १४ : ३८

काठमाडौं –प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता तथा  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको बताएकाका छन् । 


विशेष समय लिएर  मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले दुई महिना भन्दा बढी समयसम्म आफूले सरकारको नियत र गन्तव्यको अवलोकन गरेको र सरकार गलत बाटोतिर अग्रसर भएको निष्कर्षमा आफू पुगेको बताएका हुन् । 

 प्रचण्डले सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको पनि बताए ।  त्यसैले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसद्को रोस्टममा खडा भएको प्रचण्डले बताए ।

मंगलबार, ११ भदौ २०८१, १४ : ३८

प्रतिक्रिया