काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।
उनले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता असुल गर्न रोक्ने र आफै अरूलाई आरोप लगाउने काम गरेको भन्दै प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई २२ अर्ब असुल गरिने कुरा मन्त्रीपरिषदबाटै निर्णय गर्न पनि चुनौती दिए । संसद्को रोष्टममा उभिएर प्राधिकरणको नेतृत्वलाई आरोप फेसबुकबाट आरोप लगाउने काम गरेको उनले दाबी गरे ।
प्रतिक्रिया