काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ३५ वर्षदेखि हराएका झापाका प्रकाश मोक्तानाको दुःखमा राएका छन् । कार्यक्रमको भिडियो क्लिप सञ्जालमा राख्दै उनले आँशु झरेको बताएका हुन ।
पत्रकार विद्या चापागाईँले देशका विभिन्न भागमा पुगेर नयाँ नयाँ कथाहरु संकलन गर्ने क्रममा पछिल्लो अंकमा प्रकाश तामाङ उर्फ काले मोक्तानको कथा प्रस्तुत गरिएको छ । झापा घर भएका उनी १० वर्षको उमेरमा काम गर्न (गलैँचा बुन्न) काठमाडौँ आएका थिए । तर, जोरपाटीबाट हराए ।
यसरी हराएका प्रकाशलाईउत्तरी गोर्खाका केही मानिसले भेटाए र दुई हप्ताको बाटो हिँडाएर चुम भ्याली पुर्याए । त्यसयता उनले हिमाली खर्कहरुमा गोठालो भएर जीवन बिताइरहेका छन् । उनलाई पढ्न लेख्न आउँदैन । आफ्नै उमेर थाहा छैन । साहुको घरमा पशु(चौपायको गोठालो गरेवापत पाउने दुई छाक खाएर उनले तीन दशकभन्दा बढी समय त्यतै बिताए ।
विभन्न पात्रहरुको खोजी गर्ने क्रममा हेर्ने कथाको टिमले उनलाई गत वर्ष चुमभ्यालीकै एउटा खर्कमा भेट्यो । उनको नाम, ठेगाना, बाआमा, परिवार सबै सोध्यो । तर, प्रकाशलाई केही थाहा थिएन । हेर्ने कथा टिमले प्रकाशलाई आफ्नो पहिचान खोजिदिन झापा लग्यो । भोजपुर पुर्यायो ।
झण्डै ३५ वर्षपछि प्रकाशलेआफ्नो बाआमा भेटे । दाइभाइ, छिमेकी र आफन्त भेटे । यी सबै दृश्य प्रस्तुत गरेको कार्यक्रम हेरेपछि यतिबेला दर्शकहरुले हेर्ने कथाको प्रशंसा गरिरहेका छन् । वर्षौंपछि पछिको यो भेटमा सबैका आँखा रसाए । दर्शकहरु पनि भावविह्वल भए ।
प्रधानमन्त्री ओलीले पनि कार्यक्रम हेरेपछि भावनाको आयतन थेग्न नसकेर आँशु झरेको प्रतिक्रिया दिनुभएको हो । उहाँले प्रकाशजस्ता सानैमा हराएर अन्जान ठाउँमा बाँच्न बाध्य भएका अन्य बालबालिकाहरु कति होलान् ? भनेर चासोसमेत राखेका छन् ।
‘भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ, प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो’, उनले सञ्जालबाट भनेका छन, ‘यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ।’
केही मानव अधिकारकर्मीहरुले यो प्रसंगलाई अलि फरक ढंगले हेरेका छन् । उनीहरुले ‘हेर्ने कथा’ले आँशु र भावनाको व्यापार गरेको टिप्पणी पनि गरेका छन् । हेर्ने कथाले प्रकाशलाई चुमभ्याली नफर्काउन सम्बन्धित निकायको रोहबर र रोजगारीको सुनिश्तिता गर्नुपर्ने उनीहरुको तर्क छ । कतिपयले त ‘हेर्ने कथा’ले पछिल्लो अंकबाट आम्दानी गरेको ५० प्रतिशत रकम प्रकाशलाई नै दिनुपर्ने मागसमेत छन् ।
प्रतिक्रिया