माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाका महिलाको विदेश मोह

मंगलबार, ११ भदौ २०८१, १५ : ४३

काठमाडौं –लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा राहदानी लिने महिलाको संख्या बढ्दै गएको पाइएको छ । माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा पनि विदेशिनेहरुको संख्या बढ्नुलाई अनौठो रुपमा हेरिएको छ । जहाँका नेता पटक पटक मन्त्री भैसकेका छन् । 

गत चार वर्षमा जिल्ला प्रशासन कार्यालय रोल्पाबाट महिलाले लिएको राहदानीको तथ्यांकले पछिल्लो अवस्थामा राहदानी लिने महिलाको संख्या बढेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट आर्थिक वर्ष २०७७/०७८ मा एक हजार तीन सय ५७ सनताउन जनाले राहदानी लिएका थिए । तीमध्ये दुई सय ५८ जना महिला थिए । आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार चार सय ४१ जनाले राहदानी लिएकोमा छ सय ९१ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।
 

मंगलबार, ११ भदौ २०८१, १५ : ४३

प्रतिक्रिया