२१ वर्षीया मुनालाई अमेरिकामा गोली हानी हत्या

बुधबार, १२ भदौ २०८१, १० : ०८

काठमाडौं –रुकुमका एक विद्यार्थीलाई गोली हानिएको घाउमा खाटा नबस्दै अर्की एक नेपाली विद्यार्थीको अमेरिकामा गाली हानी हत्या गरिएको छ ।

 अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत करिब २१ वर्षीया मुना पाण्डेको  करिब २१ वर्षीया मुना पाण्डेको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । उनी भोजपुरकी रहेको थाहा हुन आएको छ । 

नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले मुनको छातीमा गोली लागेको अवस्थामा शव अपार्टमेन्टमा फेला परेको जानकारी दिए । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।

बुधबार, १२ भदौ २०८१, १० : ०८

प्रतिक्रिया