शिक्षाको माध्यमबाट मानवीय विकासमा योगदान गर्न प्रधानमन्त्रीको आग्रह

बुधबार, १२ भदौ २०८१, १० : ३२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको सभ्यता र इतिहास ज्यादै गौरवशाली भएको बताएका छन् । तत्काली खस राज्यहरु महाभारत युद्धमा कौरवको पक्षबाट लडेको चर्चा गर्दै उनले भने, ‘ त्यस्तो गर्व गर्न लायक इतिहास भएको कर्णाली अहिले भने पछि परेको छ । मध्यपश्चिम विश्वविद्यालयले त्यो इतिहास, संस्कृति र सभ्यतालाई उजागर गर्दै मानवीय विकासमा योगदान गर्नुपर्दछ । ’ मध्यपश्चिम विश्वविद्यालयको १५औँ सभामा उक्त विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन । साथै उनले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न पनि आग्रह गरे । 


प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफलसत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईले अध्यक्षता गरेकी थिइन् । सभामा विश्वविद्यालयका उपकुलपति प्रा .डा. ध्रुवकुमार गौतमले एक सय ३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गरेका थिए । उक्त अवसरमा उपकुलपति गौतमले विश्वविद्यालयको शैक्षिक कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए ।  


 

बुधबार, १२ भदौ २०८१, १० : ३२

प्रतिक्रिया